काठमाडौँ । नायक राजेश हमालले सञ्चालन गर्ने कार्यक्रम ‘को बन्छ करोडपति’ शनिबार, आइतबार र सोमबार एपीवान एचडीबाट प्रसारण हुन्छ।
कार्यक्रम एसआरबीएन मिडियाको सहप्रायोजन रहेको छ। कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फास्टेस्ट फिंगरको लागि चुनिनेछन्।
यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन्। तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन्।
हिजो प्रसारित एपिसोड ४१ मा मोरङका राजिव जैन सहभागी भएका छन्। उनले को बन्छ करोडपतिमा २५ लाख रुपैयाँ जितिसकेका छन्। तर समय सकिएकाले उनीसँगको अर्को एपिसोडमा खेल बाँकी नै छ। उनले अहिलेसम्म प्राप्त गरेको रकम को बन्छ करोडपतिको सबैभन्दा बढी रकम हो। यति धेरै रकम अहिलेसम्म कसैले पनि प्राप्त गर्न सकेको थिएन्। उनको वौद्धिक क्षमता हेर्दा उनले अझै बढी रकम जित्ने अपेक्षा गरिएको छ।
हेर्नुहोस् भिडियो :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
