मिलन विछोडको कथा बोकेको कुनै चलचित्रको कथा जस्तै बुटवलमा वषौं अघि छुट्टिएका एक आमा छोराको अचानक भेट भएको छ । त्यो पनि गीत संगितको माध्यमबाट अरू कसैले चिनाएर। २४ बर्ष अघि गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्वर–४ , चन्द्रकोट गाउँमा ११ महिनाको दुधे बालक दीपक परियारलाई छाडेर बेपत्ता भएकी उनकी आमा कविता परियारको वुटवलमा २४ बर्ष पछि भेट भएको हो।
दीपककी आमा २४ बर्ष अघि घरबाट बेपत्ता भई भारतमा पुगेर अर्को विवाह गरेर बसेकी थिइन् । केहि दिन अघि जव उनी आफ्नी आमाको मृत्यु भएको सुनेर रुपन्देहीको मुर्गिया आईन । त्यहाँ उनले युट्युवमा एउटा रोइला गीत हेरिन्, सुनिन् । गुल्मीको चन्द्रकोट पनि गीतको शव्दमा जोडिएकोले यो गीत गाउने केटा कसको छोरा होला ? भनेर आफ्नी दिदी संग चासो राखिन् ।
गुल्मीका पत्रकार प्रेम सुनारले यस मिलनको जोडीलाइ समाचार मार्फत जोडी सके पछी चर्चामा आएका दिपक परियार संग स्कटनेपाल ले गरेको कुराकानी तलको भिडियोमा हेर्नुहोस
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
