गाई काट्ने २ जना पक्राउ

रामेछाप । गाई काटेको आरोपमा रामेछापमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

खाँडादेवी गाउँपालिका–१ चापडीका रामशरण खड्का र २९ वर्षीय सुजन खड्कालाई गाई काटेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

More News last news
Loading...