काठमाडौं । आज बुधबार सुनचाँदीको मूल्य बढेको छ।
आज छापावाल सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो मंगलबार छापावाल सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। हिजो तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ७२५ रुपैयाँमा कारोबार भईरहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
