काठमाडौं । आज सोमबार सुनको मूल्य ४ सयले बढेको छ।
आज छापावाल सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो आइतबार सुन ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन प्रतितोला ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य स्थिर छ। आज प्रतितोला ७२० रुपैयाँमा कारोबार भईरहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
