काठमाडौँ । सरकारले काठमाडौँका सडक सफा राख्न नाकामै गाडी धुने व्यवस्था गर्ने भएको छ। आर्थिक वर्ष २०७६/७७ को लागि संसदमा प्रस्तुत भएको बजेटमा काठमाण्डौका सडक माटोरहित बनाउन नाकामा गाडी सफा गर्ने उल्लेख छ।
नीति तथा कार्यक्रममा भनिएको छ, ‘सडक किनारालाई माटोरहित बनाउनुका साथै काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरू र ठूला निर्माणस्थलहरूमा स्वचालित प्रविधिबाट सवारी साधन सफा गरी काठमाडौं उपत्यकाका सडकलाई धुलोमुक्त बनाइनेछ।
निजी क्षेत्रसँगको सहकार्यमा उपत्यकालगायतका अन्य सहरी क्षेत्रमा वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सहरी सौन्दर्य कायम गर्न स्वच्छ सहर अभियान सञ्चारलन गरिनेछ।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
