आज पनि स्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

काठमाडौं । आज शुक्रबार सुनको मुल्य झन् घटेको छ। आज छापावाल सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो बिहीबार सुन ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन ५८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

आज चाँदीको मूल्य पनि घटेको छ। हिजो प्रतितोला ७२५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ७१० रुपैयाँमा कारोबार भईरहेको छ।

More News last news
Loading...