नरेन्द्र मोदीलाई चुनौती दिने भूतपूर्व सैनिकको उम्मेदवारी रद्द

भारत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध चुनावी मैदानमा उत्रिएका भूतपूर्व सैनिकको उम्मेदवारी रद्द भएको छ। उत्तर प्रदेशस्थित बनारस निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका सीमा सुरक्षा बलका (बीएसएफ) का जवान तेजबहादुर यादवको उम्मेदवारी बनारसको निर्वाचन कार्यालयले रद्द गरिदिएको हो।

उनले पाकिस्तानस्थित सीमाको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई गुणस्तरहीन खाना दिने गरिएको भन्दै सार्वजनिक सञ्जालमा भिडिओ सार्वजनिक गरेपछि त्यसले ठूलै तरङ्ग उत्पन्न गरिदिएको थियो। त्यसको चार महिनापछि मिथ्या आरोप फैलाएको भन्दै उनी सेवाबाट हटाइएको थिए।

Advertisement

मोर्चाबन्दी
निर्वाचन कार्यालयले सरकारी सेवाबाट बर्खास्त गरिएका व्यक्ति पाँच वर्षसम्म चुनाव लड्न नपाउने निर्णय गरेको छ।

तेजबहादुर यादवले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतको ढोका ढक्ढक्याउने बताए। उनले संवाददाताहरूसँग भने, “मैले प्रमाण पेस गरिसकेको छु। तैपनि मेरो उम्मेदवारी गलत तरिकाले रद्द गरिएको छ। म सर्वोच्च अदालत जान्छु।”

पहिले स्वतन्त्र उम्मेदवारी दिएका यादव पछि समाजवादी पार्टी (सपा) र बहुजन समाज पार्टी (बसपा) को संयुक्त उम्मेदवारको रूपमा मोदीविरुद्ध उठेका थिए। क्षेत्रीय दलहरूले भारतीय जनता पार्टीका मोदी र विपक्षी कांग्रेस विरूद्ध मोर्चाबन्दी गरेका छन्।

नियम के छ?
निर्वाचन कार्यालयले के तपाईँलाई सरकारी सेवाबाट भ्रष्टाचार वा देशद्रोहको आरोपमा कहिल्यै बर्खास्त गरिएको छ? भन्ने लिखित प्रश्नमा पहिलो पटक उम्मेदवारी दिँदा उनले ‘छ’ भन्ने जबाफ दिएका छन्। तर एप्रिल २९ तारिखमा दोस्रो पल्ट उम्मेदवारी दिँदा उनले गल्तीले त्यसो लेखिएको उल्लेख गरेका छन्।

निर्वाचन अधिकृतका अनुसार सरकारी सेवाबाट बर्खास्त कर्मचारी पाँच वर्षसम्म उम्मेदवार बन्न नपाउने नियम छ। बनारसको लोकसभा क्षेत्रमा दर्ता भएका १०१ उम्मेदवारीमध्ये ७१ जनाको खारेज गरिएको छ। प्रधानमन्त्री मोदीले उम्मेदवारी दिँदा सपा-बसपाको तर्फबाट शालिनी यादवलाई उम्मेदवार बनाइएको थियो।

मोदीविरुद्धको चासो

तर तेजबहादुर यादवले स्वतन्त्र उम्मेदवारी दिएपछि सपाले सोमवार अचानक उनैलाई आफ्नो उम्मेदवार बनाउने निर्णय गरेको थियो। गठबन्धनबाट उक्त क्षेत्र सपाको भागमा परेको थियो। तर सपाले त्यस्तो निर्णय गरेपछि बलियो देखिएका मोदीविरुद्ध उनको उम्मेदवारीप्रति चासो बढेको थियो। बीबीसीको सहयोगमा

More News last news
Loading...