आज झन् घट्यो सुनको मूल्य

काठमाडौं । आज बुधबार सुनको मुल्य झन् घटेको छ। आज छापावाल सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो मंगलबार सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने यथावत रहेको छ। आज चाँदी प्रतितोला ७२५ रुपैयाँमा कारोबार भईरहेको छ।

More News last news
Loading...