चर्चित गायक कुमार सानुको नयाँ नेपाली गीत ‘सयौँ जुनी सँगै’ (भिडियो)

काठमाडौँ । भारतका चर्चित पार्श्व गायक कुमार सानुको स्वरमा रहेको नेपाली आधुनिक गीत ‘सयौँ जुनी सँगै जिउन’को भिडियो यूट्युब मार्फत सार्वजनिक भएको छ।

फूल भए, जिन्दगी यो, दुई थोपा आँशु, म त अब रिसाउँछु, लगायत दुई दर्जनभन्दा बढी नेपाली गीतमा स्वर भरिसकेका कुमारले धेरैपछि नेपाली गीत गाएका हुन्।

Advertisement

अमेरिकाको न्यूयोर्कका लागि नेपाली महावाणिज्य दूतसमेत रहेका साहित्यकार एवं सर्जक कृसु क्षेत्रीको शब्द रचना रहेको गीतमा युग भुषालको संगीत रहेको छ।

भिडियोमा निराजन प्रधान र अस्मिता लामिछानेको अभिनय छ। भिडियोको निर्देशन दिलिप समनले गरेका हुन्। फराज अर्पणले गीतको भिडियो खिचेका हुन् भने सम्पादन पनि उनकै हो। जी एस क्रियशनले भिडियोमा अभिनय गर्ने कलाकारलाई पहिरन उपलब्ध गराएको हो।

सार्वजनिक गीतमा आदित्य शंकरले गितार बजाएका छन्। गौरव मल्लिकले गीतको संगीत संयोजन गरेका हुन्। यस भिडियोको निर्माण रोशन पराजुलीले गरेका हुन्।

इण्डो ग्लोबल फाउण्डेसन र रोयल रिलको सपोर्टमा निर्माण भएको सार्वजनिक भिडियोलाई यूट्युबमा निकै रुचाइएको छ।

अधिकांशले कुमार सानुको गायनको प्रशंसा गरेका छन्। गीतले युट्युब रिलिजको केही घण्टामा नै लोभलाग्दो भ्यूज पाएको छ।

More News last news
Loading...