काठमाडौं । आज (मंगलबार) नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।
बजारमा आज छापावाला सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज तेजावी सुन ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। हिजो तेजावी सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी ५ रुपैयाँले घटेर प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको छ।
काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने सुनको भाउ केही फरक पर्न सक्नेछ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
