बच्चाहरु भूत भनेर तर्सन्छन्, एउटा आँखा देख्दिन, एउटा कान सुन्दिन, भत्ता पनि पाईन (भिडियो)

काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ३ बनकेवाटारका ६१ वर्षीय रुप नारायण भण्डारीले आफुले सरकारबाट केहि सहयोग नपाएको गुनासो गरेका छन्।

उनी एउटा आँखा देख्दैनन् र एउटा कान सुन्दैनन्। अझै उनको अनुहार र शरीर देख्ने हो भने जो कोहि सुरुमा झसंग हुन्छ । उनको शरीरमा अस्वभाविक गिर्खा आएका छन् भने अनुहारको छाला पनि बढेर डरलाग्दो भएको छ।

Advertisement

सानै देखि यस्तो भएको रुप नारायण बताउछन्। उनको अनुहारमा २५ वर्षमा अप्रेसन भएको थियो तर अप्रेसन पछि झनै छाला बढेको छ।

रुप नारायणको बिहे भएको छैन । उनि अहिले माइला भाई बुहारीसंग बस्दै आएका छन् । उनलाई घर परिवार र समाजसंग कुनै गुनासो छैन । उनको गुनासो सरकारसंग छ । उनले कस्ता कस्ताले त भत्ता पाएका छन् मैले किन नपाएको होला भनेर दुखेसो गर्छन्।

हेर्नुहोस रुप नारायणको अबवस्था यस्तो छ :

More News last news
Loading...