गहना किन्दै हुनुहुन्छ ? यस्तो छ आज सुनचाँदीको मूल्य

काठमाडौं । आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ।

बजारमा आज छापावाला सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

त्यस्तै, आज तेजावी सुन ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ।

आज चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भएको छ।

काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने सुनको भाउ केही फरक पर्न सक्नेछ।

 

More News last news
Loading...