काठमाडौं । ग्रामिण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र तीन, काभ्रेमा एक, पोखरामा एक, नुवाकोटमा दुई र पर्सा जिल्लामा १ गरि ८ नयाँ शाखा कार्यालयहरुको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ।
पोखरा महामनगरपालिका – १०, अमरसिंह चोकस्थित अमरसिंह चोक शाखाको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक डा. डिल्ली राम पोखरेल र बैंकका गण्डकी प्रदेश प्रमुख दिपेन्द्र शर्माबाट औपचारिक उद्घाटन भएको थियो।
यस्तै नार्गजुन नगरपालिका – सितापाईलास्थित सितापाईला शाखा कार्यालयको नार्गजुन नगरपालिकाका मेयर मोहन बस्नेतले उद्घाटन गरेका थिए।
काठमाडौं महानगरपालिका – ३१, शंखमुलस्थित शंखमुल शाखाको सोहि वडाका वडाअध्यक्ष नारायण प्रसाद भण्डारी र ललितपुर उपमहानगरपालिका – १८ भैंसेपाटीस्थित भैसेपाटी शाखाको सोहि वडाका वडाअध्यक्ष पुरुषोतम खड्काले औपचारिक रुपमा शाखाको उद्घाटन गरेका थिए।
त्यस्तै नुवाकोट जिल्लाको बिदुर नगरपालिका – १, त्रिशुली बजारस्थित त्रिशुली बजार शाखाको मेयर सन्जु पण्डित र बिदुर नगरपालिका – १०, बेत्रावती बजारस्थित बेत्रावती बजार शाखाको सोहि वडाका वडाअध्यक्ष गणेश कुमार नेपालले उद्घाटन गरेका थिए।
यता काभ्रेको धुलिखेल नगरपालिका – ४, धुलिखेल शाखा कार्यालयको धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जुले उद्घाटन गरेका थिए भने पर्सा जिल्लाको छिपरमाई गाउँपालिका – ५ भिस्वा शाखाको छिपरमाई गाउँपालिका अध्यक्ष मनोज कुमारले उद्घाटन गरेका थिए।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना अगाडि सारेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
