एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का स्टार नेइमारलाई युरोपियन फुटबल महासंघ (युएइएफए)ले तीन खेल प्रतिबन्धको कारबाही गरेको छ । युएइएफएले शुक्रबार राति नेइमारलाई प्रतिबन्धको कारबाही गरेको हो।
प्रतिबन्धसँगै नेइमारले आगामी सिजनको च्याम्पियन्स लिगमा समूह चरणका सुरुवाती तीन खेल्न पाउने छैनन्। पीएसजी लिग च्याम्पियन बन्दै आगामी सिजनको च्याम्पियन्स लिगका लागि छनोट भइसकेको छ।
यस सिजनको च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा रेफ्रीको निर्णयप्रति नेइमारले आपत्तिजनक प्रतिक्रिया दिएका थिए। सोही कारण युएइएफएले नेइमारलाई प्रतिबन्ध गरेको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
