काठमाडौँ । गेरुवा गाउँपालिका- ४ खोनपुर बर्दिया की भावना बस्नेत ११ वर्षमै आमा बानेकी हुन्। ०६३ चैत्र १३ गते जन्मिए की बस्नेतले ०७५ फागुन ७ गते माइती मै छोरी जन्माएकी हुन्।
उनीहरुले छोरीको नाम पूर्णिमालाई राखेका छन्। स्वास्थ्य संस्थामा समेत नपुगी उनी ११ वर्ष १० महिना २४ दिनको उमेरमा सुत्केरी भई भाबना आमा बनेकी हुन्।
घर मै सुत्केरी भएकी भावना र बच्चाको अवस्था सामान्य रहे पनि उमेरका कारण दुवैको स्वास्थ्य जोखिम पूर्ण अबस्थामा छ।यतिखेर बस्नेतको शरीर सुन्निने र ज्वरो आउने समस्याबाट निकै पीडित छिन्।
गाउँ कै सरस्वती आधारभूत विद्यालय कक्षा ७ मा पढ्दै गरेका १४ वर्षीय नन्द रावतसँग शारीरिक सम्बन्धले भावनालाई यतिखेर कष्ट पूर्ण अवस्थामा पुर्याएको हो। एउटै विद्यालयमा पढ्दै गरेका भावना र नन्दको पछिल्लो अवस्थाले अरुको पनि निकै मन पिरोल्ने गरेको छ।
यती बेला १४ बर्षमा बाबु बनेका नन्द काठमाडौं आएर आमा र छोरी पाल्नकै लागि संघर्ष गरिरहेका छन्। उनी आफु नपढी आफ्नो श्रीमतिलाई पढाएर डक्टर बनाउने सपना बुन्दैछन्। उनी आँफै पनि पढ्नमा अब्बल रहेका छन् । हेरौ उनै साब्नै उमेरमा बाबु बनेका नन्दलालका कुरा भिडियोमा :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
