श्रीलङ्का । श्रीलङ्कामा आइतवार गराइएका विस्फोटनमध्ये एउटा गिर्जाघरमा एकजना सन्दिग्ध आक्रमणकारी छिरेको भिडियो सार्वजनिक भएको छ। ती व्यक्ति गिर्जाघरभित्र छिरेको केही क्षणमा विस्फोटन भएको थियो।
इस्टर पर्वको दिन गराइएका आठ वटामध्ये त्यो एउटा आक्रमण थियो। ती घटनाहरूमा तीन सय ५० भन्दा बढी मानिसको मृत्यु भएको थियो।
श्रीलङ्कामा शृङ्खलाबद्ध विस्फोटनको केही समयपछि मिथ्या समाचार फैलिन थालेपछि सरकारले समाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने कठोर निर्णय लियो।
‘मिथ्या समाचारलाई फैलन’बाट रोक्न फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, युट्युब, स्न्यापच्याट र भाइबरमाथि प्रतिबन्ध लगाइयो।
सरकारले त्यो प्रतिबन्ध कहिले हट्छ भनेर बताएको छैन।
तर यो प्रतिबन्ध यस्तो समयमा आएको छ जुन समयमा सामाजिक सञ्जालहरू मिथ्या समाचार र मिथ्या समाचारको बाढी रोक्न असफल भइरहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
