पोखरा । चर्चित लोक गायक प्रकाश सपुत र मोडेल करिश्मा ढकालको अभिनयमा रहेको दोहोरी गीत पात खसेको बजारमा आएको छ।
नव गायक बृहस्पती रेग्मीको शब्द संगीत तथा स्वर रहेको दोहोरी गीतमा पुष्प मगर र देवी घर्ती मगरले स्वरमा साथ दिएका छन्।
मार्मिक रेकर्डिंग स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा डोलराज बारघरे मगरले एरेन्ज गरेका हुन् भने म्युजिक भिडियो ग्यालेक्सी म्युजिक प्रा लि ले बजारमा ल्याएको हो।

मौसम हिमालीले निर्देशन गरेको उक्त गीतको म्युजिक भिडियोमा भने गायक तथा मोडेल प्रकाश सपुत र करिश्मा ढकालले अभिनय गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
