गहना किन्दै हुनुहुन्छ ? घट्यो आज सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

बजारमा हिजो मंगलबार तोलामा ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज बुधबार १ सय रुपैयाँले घटेको हो।

Advertisement

बजारमा आज छापावाला सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, तेजावी सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ।

आज चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ। आज चाँदी ७ सय २० रुपैयाँमा कारोबार भएको छ।

More News last news
Loading...