बलिउड अभिनेता सन्नी देवल भाजपामा प्रवेश

काठमाडौं । भारतमा लोकसभा चुनाव जारी रहँदा अभिनेताहरु नेता बन्ने सिलसिलालाई सन्नी देवलले निरन्तरता दिएका छन्। उनी मंगलबार औपचारिकरुपमा भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरे।

दिल्लीमा आयोजित एक कार्यक्रममा संघीय मन्त्री निर्मला शितारमन र पियूष गोयलले उनलाई पार्टीमा भित्र्याएका थिए। उनलाई भाजपाले पञ्जाबको गुर्दासपुर निर्वाचन क्षेत्रबाट चुनाव लडाउने सम्भावना छ। भाजपाले पञ्जाब-अमृतसर, गुर्दासपुर र होसियारपुरमा उम्मेदवार घोषणा गरेको छैन्।

Advertisement

देवलले गत शुक्रबार पुनेमा भाजपा अध्यक्ष अमित शाहसित भेट गरेका थिए । त्यस भेटमा उनले आफूलाई चुनावमा उठाउन आग्रह गरेका थिए। शाह सहमत भएपछि देवल पार्टी प्रवेश गरेको भारतीय मिडियाले जनाएका छन्।

पञ्जावको लोकसभा चुनावमा भाजपाले शिरोमणी एकाली दलसित गठवन्धन गरेको छ। तीन लोकसभा सिटमध्ये ३ वटामा भाजपा उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन्।

More News last news
Loading...