काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई भारतीय सञ्चार माध्यमहरुले अर्को सचिन तेन्दुलकरको उपमा दिएका छन्।
भारतमा जारी आइपीएलमा दिल्ली क्यापिटल्सबाट खेलिरहेका सन्दीपलाई सचिन तेन्दुलकरसँग तुलना गरेर भारतीय मिडियाले समाचार प्रकाशित गरेका हुन्। आइपीलमा सन्दीपको टिम दिल्लीले राम्रो उत्कृष्ठ प्रदर्शन गरिरहेको छ।
दिल्लीले किङ्स इलाभेन पन्जाबलाई हराउँदा सन्दीप लामिछानेले आफ्नो जादुमय प्रदर्शन गरेका छ्न। उनले ४० रनमा ३ विकेट लिएका थिए। लामिछाने स्टाईलिस प्लेयर अफ द म्याच बनेर भारु एक लाख पुरस्कार पाएका छ्न।
सन्दीपले कृश गेल, लोकेश राहुल र साम कुरानको विकेट लिएर आफ्नो उत्कृष्ट प्रदर्शन गरिसकेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
