बुटवल । पाल्पामा सोमवार श्रीमतीले श्रीमानलाई ढुङ्गा प्रहार गरि हत्या गरेकी छन्। अर्घाखाँचीको पाणेनी गाउँपालिका–२ का ४१ वर्षीय लोकबहादुर कुमाललाई ३९ वर्षीया श्रीमती मेगली कुमालले ढुंगा प्रहार गरी हत्या गरेकी हुन्।
पाल्पास्थित उनको माइतीघरमा ढुङ्गा प्रहार गरि घम्भीर घाइते भएका लोकबहादुरको उपचारका क्रममा मृत्यु भएको पाल्पाका प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले जानकारी दिए।
पाल्पाको रैनादेवी गाउँपालिका–३, छहरास्थित माइतीमा बिहान करिव ८ बजेको समयमा घरयासी विवादका क्रममा मेगलीले श्रीमान (लोकबहादुर)लाई ढुङ्गा प्रहार गरेकी थिइन्।
एकै घरमा तीन अपाङ्ग थिए। श्रीमती सुस्तमनस्थितिकी र उनका तीन सन्तानमध्ये दुई सन्तान पनि अपाङ्ग रहेको एसपी पोखरेलले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
