काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
बजारमा हिजो आइतबार तोलामा ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज सोमबार ५ सय रुपैयाँले बढेको हो।
बजारमा आज छापावाला सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ।
आज चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
