काठमाडौं । शाहरुख खानको चर्चा भारतमा मात्र नभई विश्वभर हुने गरेको छ। उनलाई सबैभन्दा धेरै भारत पछि चिनमा रुचाइन्छ।
हाल ‘अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ मा चीन पुगेका शाहरुख त्यतिबेला अप्ठ्यारोमा परे जतिबेला उनका चिनियाँ फ्यानले घेरा नै हालेर चुम्बन गर्न थाले । उनी चीन पुगेको खबर फैलिएपछि उनका चिनियाँ फ्यानले भव्य स्वागत गरेका छन्।
चिनियाँ युवतीहरुले उनलाई न्यानो स्वागतका साथमा चुम्बनसमेत गरेका छन्। अहिले उनलाई चुम्बन गरेको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ ।उनलाई एयरपोर्टदेखि नै फ्यानले घेरेका थिए।
उनलाई चुम्बन गर्न युवतीहरुको होडबाजी चलेको उक्त भिडियो अहिले निकै भाइरल भइरहेको छ। एयरपोर्टदेखि नै उनी सँगअटोग्राफ लिने र सेल्फी खिच्नेको निकै भिड लागेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
