युएईमा नेपाली नेपालीबीच हानाहान, चक्कु प्रहारबाट एक जनाको मृत्यु

यूएई । यूएईको रसअलखेमामा एक नेपालीको चक्कु प्रहारबाट नेपालीकै ज्यान गएको छ । एउटै कम्पनीमा कार्यरत सँगै बस्ने दुई नेपालीबीचको भनाभनले ठूलो रुप लिँदा चक्कु प्रहारबाट पाल्पा तानसेनका तिलक चौधरीको ज्यान गएको हो।

रसअल खेमामा सरसफाइ गर्ने कामदार सप्लाई गर्दै आएको बेस क्लिनिङ कम्पनीमा कार्यरत भोजपुरका युगेन्द्र राईको चक्कु प्रहारबाट चौधरीको ज्यान गएको हो। गएको सोमबार दिउँसो रक्सी खाएका बेला उनीहरुबीच नेपालका आफ्नो गाउँमा भएको बिकास बारे भनाभन भएको थियो। भनाभनका क्रममा राईले तिलकलाई चक्कु प्रहार गरेको उनीहरु सँगै काम गर्ने साथीले बताएका छन्।

Advertisement

‘कामगर्ने ठाउँबाट खाजा खान कोठामा आउँदा उनीहरु बसेर रक्सी खाँदै थिएँ, प्रत्यक्षदर्शी ती साथीले भन्नुभयो,‘ तिलकले पाल्पामा ठूल्ठूला गाडी चल्ने बाटो रहेको र देशकै नमुना जिल्ला भएका भने, अनि रमेशले आफ्नो गाउँको मान्छे देशको राष्ट्रपति भएको र पाल्पामा भन्दा भोजपुरमा बिकास भएको भन्दै भनाभना गरिरहेका थिए।’

भनाभनै क्रममा युगेन्द्रले तिलकलाई चक्कु प्रहार गरेका हुन्। घटनापछि स्थानीय प्रशासनले अनुसन्धानका लागि ३ जना नेपालीलाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये दुई जना नेपाली छुटेर काममा फर्किएका छन भने राईलाई थप अनुसन्धानका लागि जेल चलान गरिएको छ।

कम्पनीको क्याम्पमा ९ जना नेपाली बस्दै आएका थिए। राई र चौधरी एक वर्षदेखिसँगै बस्दै आएका थिए। घटनास्थल आबुधाबीबाट झण्डै २ सय ५० किलोमिटर टाढा पर्छ।

घटना घटेको ५ दिन बित्दा पनि कम्पनीले अधिकारिक रुपमा दूतावासलाई जानकारी नगराएको दूतावासकी द्वितीय सचिव तथा सुचना अधिकारी बिष्णुकुमारी अधीकारीले बताउनुभयो । कानूनी प्रक्रिया पूरा गरेर दूतावाससँग समन्वय गर्ने कम्पनीले जनाएको छ।

More News last news
Loading...