अभिनेत्री जया प्रदाको भित्रीवस्त्रबारे टिप्पणी गर्ने आजमको उम्मेदवारी खारेजीको माग

एजेन्सी । भारतमा निर्वाचन सुरु भइसकेको छ। आम चुनावका क्रममा गत ११ एप्रिलमा पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको छ भने सात चरणमा हुने चुनाव १९ मे मा सम्पन्न हुनेछ। तर चुनावी प्रचार प्रसारका बेला निकै विवाद पनि भइरहेका छन्।

आफ्नो भित्री वस्त्रबारे टिप्पणी गरेको भन्दै भारतीय राजनीतिज्ञ तथा अभिनेत्री जया प्रदाले समाजवादी पार्टीका नेता आजम खानको कडा आलोचना गरेकी छन्।

Advertisement

उनले एएनआई समाचार संस्थालाई भनिन्, म एक महिला हुँ र उनले के भने भनेर म दोहोर्‍याउन पनि सक्दिन। मैले उनलाई के गरेकी थिएँ र उनले मेरो बारेमा यस्ता कुरा गर्दैछन् ?

आजम खानले आइतवार उत्तर प्रदेशको रामपुरमा आयोजित चुनावी सभामा नाम नलिइकनै जया प्रदाबारे टिप्पणी गरेका थिए। उनले भनेका थिए, रामपुरवासीहरूले जसलाई चिन्न १७ वर्ष लाग्यो। उनलाई मैले १७ दिनमैँ चिनिसकेको थिएँ। उनको भित्रीवस्त्रको रङ्ग खाकी हो।

आजम खानको त्यस्तो टिप्पणीको भारतको राष्ट्रिय महिला आयोगदेखि लिएर विदेशमन्त्री सुषमा स्वराज लगायतका वरिष्ठ भारतीय महिला नेत्रीहरूले विरोध गरिसकेका छन्। राष्ट्रिय महिला आयोगकी प्रमुख रेखा शर्माले आजम खानलाई एक सूचना जारी गर्दै त्यस विषयमा आयोगमा स्पष्टिकरण दिन भनिसकेकी छन्।

More News last news
Loading...