एक डाक्टर, जसले उपचारका नाममा ४९ महिलालाई गर्भवती बनाए

एजेन्सी । नेदरल्याण्डका एक डक्टरले उपचारका नाममा ४९ जना महिलालाई गर्भवती बनाएको खुलासा भएको छ। उनले निःसन्तान जोडिहरुलाई सेवा दिने क्लिनिक खोलेर आफूकहाँ सेवा लिन आएका बिरामीले लिएर आएको वीर्यलाई साटफेर गर्ने गरेका थिए। उनले विरामीको विर्यलाई परिवर्तन गरेर आफ्नो विर्य पठाउने गर्दै आएको खुलासा भएको हो।

जन करवात नाम गरेका चिकित्सकको सन् २०१७ मै मृत्यु भइसकेको थियो। उनको क्लिनिक पनि अनियमितता र अन्य गैरकानूनी मुद्धाका कारण सन् २००९ मै उनी जिउदै छदैं बन्द भइसकेको थियो। शुक्रबार सार्वजनिक डीएनए परिक्षणबाट डाक्टरको बदमासीको प्रमाणित भएको हो। फेब्रअरीमा आएको अदालतको एक आदेशपछि एक समाजिक संगठनले निजमेगन शहरमा डीएनए परिक्षण गराएको थियो।

Advertisement

संगठन आफैमा करबातको क्लिनिकबाट जन्मिएका बच्चा र तिनलाई हुर्काएका अभिभावकहरुको नेतृत्व गर्न गठन गरिएको थियो। निसन्तान जोडिको उपचारमा भएको धोकाधडीको यो मामिला यही वर्षको फेब्रुअरीमा एक डच अदालतले गरेको एक फैसलासँगै बाहिरिएको थियो।

रोटरड्याम जिल्ला अदालतले करबातको क्लिनिकबाट सेवा लिएका अभिभावक र त्यहाँबाट जन्मिएहरुलाई तिनको डीएनए र कारवातको संग्रहित डीएनएलाई दाँजेर हेर्न अनुमति दिएको थियो। ८९ वर्षको उमेरमा दिवगंत हुनु अघिनै करबातमा सेवा लिएका केहीले आफ्नो बच्चाको अनुहार धेरै हदसम्म करबातसँग मिलेको भनेर मुद्धा हालेका थिए। एक प्रसंगमा करबातले यसलाई स्थानीय पत्रिकासँगको कुराकानीमा स्वीकारेका थिए।

उनले आफूले ६ बच्चाको लागि वीर्य दिएको बताएका थिए। हाल कारबातको क्निनिकबाट जन्मेका मध्य ४९ जनामा उनकै वीर्य प्रयोग भएको पुष्टि भएको हो। कारबातको क्लिनिकबाट जन्मेका मध्य एक जोयले आफ्नो पिताको वास्तविकता थाहा भएकाले खुसि भएको बताए।

‘११ वर्ष लामो खोजपछि अब म आफ्नो अघिको जीवनमा ध्यान दिने भएको छु । आफ्नो वास्वतिकता थाहा पाउदाँ म खुसी छु,’ उनले भने

More News last news
Loading...