गहना किन्दै हुनुहुन्छ ? ह्वात्तै घट्यो आज सुनचाँदीको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ।

बजारमा हिजो बिहीबार तोलामा ६० हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बिहीबार सुन ६ सय रुपैयाँले घटेको हो।

Advertisement

बजारमा आज छापावाला सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ।

आज चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भएको छ।

More News last news
Loading...