महोत्तरी । महोत्तरीको औरही नगरपालिका-१ बाट १४ वर्षीय भारतीय किशोरीको उद्दार गरिएको छ। इलाका प्रहरी कार्यालयले गौशालाले आलम अंसारीको घरबाट ती किशोरीको उद्दार गरेको हो।
किशोरीलाई सोही ठाउँका ७५ वर्षीय मोहमद अंसारीले ललाई फकाइ ल्याएको र विवाहको गर्ने भन्दै घरमै बन्धक बनाएर राखेको प्रहरीले बताएको छ। अंसारीलाई प्रहरीले पक्राउ गरिसकेको छ।
उद्दार गरिएकी किशोरीलाई आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालयले गौशालाका प्रहरी निरीक्षक किशोर आर्चायले जानकारी दिए। पक्राउ परेका अंसारीलाई जिल्ला अदालत महोत्तरीबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक आचार्यले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
