बाबुले बनाए नाबालिका छोरीलाई श्रीमती, १२ वर्षमै जन्माइन् बच्चा

एजेन्सी । एक बाबुले नाबालिका छोरीमाथि लगातार घिनौनो हर्कत गर्दै आएका थिए। १२ वर्षको उमेर ती बालिकाले बच्चा जन्माएपछि बाबुको कर्तुत बाहिर आएको छ।

यो घटना भारतको चंडीगढ भन्ने स्थानको हो। एक सौताने बाबुले कयौँ महिनादेखि नाबालिका छोरीमाथि बलात्कार गर्दै आएका थिए। जसका कारण बालिका गर्भवती भइन् र १२ वर्षमै एक बच्चाको जन्म दिइन्। बाबुले बालिकालाई शारिरीक मात्र हैन् विभिन्न मानसिक यातना पनि दिने गरेका थिए।

Advertisement

बालिकाकी शिक्षिकाले जब उनको पेटको अप्राकृतिक परिवर्तन देखिन्। तब बच्चाको आमालाई बोलाएर पूरै घटनाका बारेमा जानकारी दिइन्। त्यसपछि बालिकालाई लिएर उनकी आमा अस्पताल पुगिन्। अस्पतालले बालिका गर्भवती भएको पुष्टी गर्यो।

सोधपुछपछि पत्ता लाग्यो की उनकै सौतेनी बाबुले उनीमाथि बालात्कार गरेका थिए। बालिकाले बच्चा जन्माउन नसक्ने भएकाले चिकित्सकले सल्यक्रियामार्फत बच्चाको जन्म दिएका थिए। यतिबेला बालिकालाई पुर्नबास केन्द्रमा राखिएको छ।

More News last news
Loading...