काठमाडौं । राजधानीमा एकाबिहानै बर्षा हुँदा सुदूरपश्चिममा भूकम्पको धक्का महसुुस गरिएको छ ।
आज बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको हो ।
यसअघि चैत ४ गते पनि भारत र चीनको सीमाआसपास दार्चुलाको लिपुलेक केन्द्रविन्दु भएर लगातार तीन पटक परकम्प गएको थियो ।
गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपश्चात् सुदूरपश्चिममा पनि बेलाबेलामा भूकम्पको परकम्प जाने गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
