काठमाडौँ । आज बिहानैदेखि काठमाडौँ उपत्यकाको मौसम एकाएक अँध्यारो भएर डरलाग्दो देखिएको छ।
मौसम अँध्यारिएसँगै भारी वर्षा समेत भइरहेको छ। यससँगै आज देशभरिको मौसम सामान्यदेखि पूर्णतया बदली रहने र वर्षा हुने मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ।
मैसमविद्का अनुसार नेपाली आकाशमा मल्टिपल अर्थात् संयुक्त प्रणालीको प्रभाव देखिएपछि मौसममा खराबी आएको हो। पश्चिमी वायु, न्यून चापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीमा विकसित प्रणालीको एकसाथ प्रभाव देखिएको छ।
देशका केही स्थानहरुमा मेघ गर्जन र चट्यांगसहित हुरीबतास चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसका साथ वर्षाको सम्भावना पनि देखिन्छ। उच्च हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ भने तराइका भूभागहरुमा हुरीबतास चल्ने सम्भावना रहेको छ।
आज राति पनि देशभरिको मौसममा सुधार आउने छैन। अधिकांश भूभागहरुमा सामान्यतया बदली नै रहने महाशाखाको भनाइ छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
