राजपा नेताका गाडीको लावालस्करले हावाहुरी प्रभावित वस्तीमा ‘सवारी जाम’ (भिडियाे)

बारा । यो दृष्य बारा जिल्लाको परवानीपुर गाउँपालिका वार्ड नम्बर –४चैनपुर चोक गाउँको हो। गत आइतबार राति आएको भीषण हावाहुरीका कारण यो गाउँमा ठूलो भौतिक क्षति भएको छ।

हावाहुरीले ढलाएका सवारी साधनलाई व्यवस्थित गर्न क्रेन मगाएर यहाँ धमाधम काम चल्दै थियोे। यहीबीचमा राजपाका नेताहरुको एउटा टोली घटनाको झण्डै ४८ घण्टापछि प्रभावित क्षेत्रको निरीक्षणकालागि यहाँ आइपुग्छ।

Advertisement

क्रेनले गाडीहरु हटाउने काम चलिरहेकोले नेताहरु सवार गाडी वस्तीमा छिर्न नमिलेपछि नेताहरु गाडीबाट ओर्लिएर पैदल हिँड्छन्। केही बेरमा नेताका सवारी रोक्ने त्यो क्रेनलाई नै सडकबाट हटाएर चलिरहेको काम बन्द गरिन्छ। त्यसपछि नेताहरुको गाडीको लावालस्कर वस्तीमा प्रवेश गर्छ।

चार/पाँच नेताका गाडी पनि चार/पाँच वटा होलान् भन्ने अनुमान थियो। तर यतिधेरै गाडीको लावालस्कर बस्तीमा छिर्यो की अगाडि जाने ठाउँ नभएर गाडीको लस्करले राजमार्गलाई नै छोयो।

थप हेर्नुस् भिडियो :

More News last news
Loading...