सुरक्षाकर्मीले धकेलेका बालकलाई पूर्व राजा आफैले बोलाएर फोटो खिचे (भिडियो)

पाँचथर । पूर्व राजा ज्ञानेन्द्र शाहले पाँचथर स्थित किराँत मन्दिरमा पुजा अर्चना गरेका छन्। किराँत धर्मवालम्बिहरुको पवित्र धार्मिक स्थल मानिने सुम्हात्लुङ मन्दिरमा पुजा अर्चना गरेका हुन्। उनलाइ त्यहाँ लिम्बू पुरोहित फेदाङमा र हिन्दु पुरोहित ले पुजा अर्चना गराएका हुन्।

पूर्व रानी कोमल शाहलाइ दमकमै छोडेर ज्ञानेन्द्रले मेची पहाडका विभिन्न धार्मीक स्थलहरुमा पुजा अर्चना गरिरहेका छन्। यसै क्रममा पाँचथर भ्रमणको क्रममा केही अनौठा दृष्यहरु पनी देखिएका छन्। अधिकाशं जेष्ठ नागरिकहरुले राजा प्रति बढी लगाव देखाएको पाइयो। आफ्ना गुनासा, पिर र ब्यथा राजालाई पोख्न प्रौढ उमेर समुहका नागरिकहरु बढी लालायित देखिन्थे।

Advertisement

राजाले सुम्हात्लुङ मन्दिरमा पुजा अचर्ना सकेर बाहिर निस्कने क्रममा ढोकामा एकजना महिला आफ्नो सानो बच्चा सहित राजा संग तस्विर खिच्न आतुर देखिएकी थिइन उनलाइ र बच्चालाई सादा पोषाकमा रहेका सुरक्षा कर्मीले धकेलेपछी बच्चाको टोपी समेत खस्छ, करिव करिव उनको तस्विर खिच्ने सपना टुटिसकेको थियो तर जब पूर्व राजा आफैले बच्चालाई बोलाएर तस्विर खिचे त्यहाँको माहोल अचानक अर्कै भयो ।

भिडियो हेर्नुहोस्

More News last news
Loading...