बारा पर्साका हावा हुरी पीडितलाई १० लाख राहत दिने कांग्रेस उपसभापति निधिको घोषणा

काठमाडौँं । आइतबार राति आएको हावाहुरीबाट क्षती बेहोरेका जनतालाई कांग्रेस उपसभापति विमलेन्द्र निधिले १० लाख राहत दिने घोषणा गरेका छन्।

उपसभापति निधिले बाराको कलैयास्थित जिल्ला अस्पताल पुगेर हावाहुरीबाट घाइतेको स्वास्थ्य अवस्थाको जानकारी लिँदै शिविर सञ्चालन गर्न १० लाख रुपैयाँ दिने घोषणा गरेका हुन्।

Advertisement

उनले राहत तथा खाना बस्नका लागी शिविर सञ्चालन गर्न नेपाली काँग्रेस प्रदेश २ लाई १० लाख रुपैयाँ दिने घोषणा गरेका हुन्। साथै उनले विपतको घडिमा सबै कार्यकर्तालाई सक्रिय रुपमा राहत तथा उद्धार कार्यमा जुट्न आग्रह समेत गरेका छन्।

निधीको दल नेपाली कांग्रेसले पनि आफ्ना सांसद्हरुको दुई दिन बराबरको तलब सहयोग गर्ने निर्णय गरेको छ।

हावाहुरी प्रभावितलाई प्रतिपक्ष काँग्रेसका सांसदद्धारा २ दिनको तलब सहयोग

More News last news
Loading...