काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आजका सबै कार्यक्रम स्थगित गरेर हावाहुरी प्रभावित जिल्ला जाने भएका छन् ।
बिभिन्न कार्यक्रममा सहभागी हुन झापामा रहेका प्रधानमन्त्री ओली सोमबारका लागि निर्धारित कार्यक्रम स्थगित गरी बारा जान लागेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली बिहान साढे १० बजेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत भद्रपुरबाट बारा जाने उनले बताए । हिजो राती देखि नै प्रधानमन्त्री घटनाका बिषयमा सक्रिय छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
