काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् कर्मचारी संघद्धारा आयोजित बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
आज चोभारको चिल्डेन पार्कमा सम्पन्न बनभोज कार्यक्रममा नेपाली काँग्रेसका प्रमुख सचेतक एवं केन्द्रिय सदस्य बालकृष्ण खाँण, काँग्रेस नेता एवं पूर्व अर्थराज्यमन्त्री उदयशम्शेर राणा, तरुण दल अध्यक्ष जितंजग बस्नेत, नेबिसंघका नेता मनोजमणी आचार्य र प्रमोदहरि गुरागाईं लगायतको सहभागितामा बनभोज कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले वर्तमान सरकार काम भन्दा पनि खाली हावादारी गफमा मात्र अगाडी रहेको भन्दै सरकारको आलोचना गरे । कार्यक्रममा कर्मचारी संघका अध्यक्ष वसन्तकुमार पाण्डेले कर्मचारीहरुमा रहेका समस्याहरुको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागि अतिथिहरुले कर्मचारीहरुमा रहेका समस्याहरु समाधान गर्न आफूहरु सधै लागि पर्ने प्रतिवद्धता जनाए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
