नायिका प्रियंका कार्की र आयुश्मानले गरे सुटुक्क बिहे (भिडियो)

काठमाडौं। अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुश्मान देशराज जोशीको बिहे देख्नुभएका छ ? पक्कै छैन होला । प्रियंका र आयुश्मान जोडी भएको त पक्कै सुन्नु भएकै छ।

औपचारिक बिहेको टुंगो नलाग्दै प्रियंका र आयुश्मानको चर्चित जोडीको बिहे पर्दामा उतारिएको छ । अर्थात् गायक सरोज ओली र मेलिना राईको “अर्को जुनी खै कुन्नी….” गीतमा उनीहरुको बिहेका दृश्यहरु देख्न सकिन्छ।

Advertisement

वैवाहिक कार्यका विविध दृश्यहरु म्यूजिक भिडियोमा समेटिएको छ । मेहन्दी, हल्दीदेखि विवाह मण्डपदेखि प्रियंकालाई डोलीमा चढाएर लगिएका दृष्य म्यूजिक भिडियोमा छ ।

दिनेश थपलियाको शब्द र दीपक शर्माको संगीत रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन् ।

कविराज गहतराजको निर्देशन रहेको म्यूजिक भिडियोको छायांकन सञ्जय लामा, सम्पादन सन्देश शाह, मिक्सिङ श्याम स्वेत रसाइली र कलर संयोजन रेनिस फागोले गरेका हुन् ।

फिल्ममा प्रयोग हुने प्रविधिबाट पार्क भिलेज रिसोर्ट, काठमाडौं गेस्ट हाउसलगायतका स्थानमा म्यूजिक भिडियो छायांकन गरिएको हो ।

स्मरण रहोस् सरोज र मेलिनाको स्वरमा रहेको माछीले खाने खोलीको लेऊ गीतले एक महिनामै करोड दर्शक पाएको थियो।

More News last news
Loading...