काठमाडौं । आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।
बजारमा हिजो बुधबारको तुलनामा आज बिहीबार सुन १ सय र चाँदी ५ रुपैयाँले घटेको हो।
बजारमा आज छापावाला सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, तेजावी सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ।
हिजो बुधबार छापावाल सुन तोलामा १ सय रुपैयाले घटेर प्रति तोला ६० हजार ५ सय रुपैयामा कारोबार हुने भएको थोयो।
यस दिन तेजाबी सुनको मूल्य ६० हजार १ सय रुपैयामा कारोवार भएको थियो। त्यस्तै चाँदीको मूल्य भने छ दिन देखि स्थिर छ।
केही दिनदेखि स्थिर रहेको चाँदी हिजो भने प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
