गहना किन्दै हुनुहुन्छ ? आज घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा मंगलबार छापावाल सुनको भाउमा घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा १०० रुपैयाँले गिरावट आएको छ।

Advertisement

आज छापावाल सुन प्रतितोला ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार छापावाल सुनको भाउ तोलमा ६० हजार ६०० मा कारोबार भएको थियो।

यस्तै तेजावी सुन तोलामा ६० हजार २०० मा कारोबार भइरहेको छ।

यस्तै चाँदी भने रु ७४० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

More News last news
Loading...