पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ अन्तर्गत धारापानी मार्गमा रहेका मापदण्ड विपरितका घरहरु भत्काउन जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका, वडा नं. ५ को कार्यालय, नागरिक समाजको टोली सोमबार पुग्यो। स्थानीयको चर्को विरोध भयो । तरपनि केहि संरचना भत्काइएको छ।
युवा व्यवसायी युवराज खतिवडा लगायतको घर मापदण्ड बिपरित र सार्वजनिक जग्गा मिचेर बनाएको भन्दै यसअघि नै विवाद हुँदै आएको छ।
पोखरा महानगरकै प्रबक्ता समेत रहको धनबहादुर नेपालीले आफूले चुनावकै बेला मिचेर बनाइएका संरचनाहरु भत्काउने बाचा अनुरुप काम थालनी गरेको बताए।
महानगरको डोजर साथै महानगर प्रहरी घर भत्काउन जाँदा स्थानीयहरुको चर्को अबरोध भएपछि वडा प्रहरी कार्यालय बैदाम, जिल्ला प्रहरी कार्यालय कास्कीबाट उल्लेखनीय संख्यामा प्रहरी परिचान गरिएको थियो।
वडा सदस्य अन्जु केसीसंगको व्यक्तिगत झगडाका कारण युवराज खतिवडाको घर भत्काईएको स्थानीयहरुको आरोप थियो।
यद्यपी, वडाध्यक्ष धनबहादुर नेपालीका अनुसार यो कानुनी प्रकृया अनुसार नै भत्काईएको र बाँकी संरचनाहरु पनि यसैगरी भत्काईने स्पष्ट पारे। स्थानीय, प्रहरी र जनप्रतिनीहरुबीच भनाभन तथा हात हालाहालको अवस्था समेत सिर्जना भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
