पर्समा राख्नुस् यी ५ मध्ये कुनै १ चीज, कहिल्यै हुँदैन पैसाको कमी

तपाइँ हामी सबै पर्स बोक्छौं । पर्स खाली हुने चिन्ता सबैलाई हुन्छ । पर्समा सबै कुरा राख्न नहुने बताउँछन् बास्तुविदहरु। पर्समा कतिपय कुरा अशुभ मानिने उनीहरुको भनाइ छ।

पर्समा पैसा राखिने हुँदा यहाँ राख्ने कुराको धेरै नै ध्यान पुर्‍याएर राख्नु पर्ने बताइन्छ । तर वास्तु शास्त्रका अनुसार केही यस्ता चिज छन् जसलाई पर्समा राख्दा पर्स खाली हुने चिन्ता हुँदैन अर्थात पैसाको अभाव हुँदैन ।

Advertisement

बास्तु शास्त्रका अनुसार हामीसँग हुने कतिपय चिज सकारात्मक प्रभाव दिने हुन्छन् भने कतिपय चिज नकारात्मक प्रभाव दिने । यदि सकारात्मक उर्जा दिने चिज साथमा राख्यो भने जीवनमा पनि उर्जा प्रभाहित हुन्छ भने नकारात्मक ऊर्जा बढाउने चिज राखेमा त्यसको असर नकारात्मक नै पर्छ ।

के राख्ने पर्समा?
१- बेसार वा केसरको टुक्राः पर्समा बेसार वा केसरको सानो टुक्रा राखेमा यसले पर्समा पैसा संकलनको लागि सकारात्मक उर्जा बढाउँछ ।

२- पित्तलको पातामा श्रीं ह्रीं श्रीं नमः लेखेर राख्नुस् यसले तपाइँको पर्समा सकारात्मक उर्जा बढाइदिन्छ।

३- चाँदीको सिक्का जसमा लक्ष्मीको मुर्ति कुदिएको हुन्छ, यसले पनि पर्समा सकारात्मक उर्जा बढाउँछ।

४- गौमती चक्र वा कौडा पर्समा राख्दा पनि यसले पर्समा सकारात्मक उर्जा बढाउँछ ।

५- पर्समा पिपलको पात राख्दा पनि सकारात्मक उर्जा बढेर पैसाको आकर्षण बढाउँने वास्तु शास्त्रको भनाइछ ।

More News last news
Loading...