वृष राशि हुने व्यक्तिका लागि आजको दिन राम्रो छ। यी राशिका व्यक्ति व्यवहारिक, विस्वासिला र उदार स्वभावका हुने गर्दछन्। यसका साथै कलात्मक विचार र स्थिर स्वभावका वफादार यिनीको अर्को गुण हो। यसै गुणका लागि आज तपाईले मानिसलाई प्रभावित पार्न सक्नुहुनेछ।
आज पार्ट टाइम सकारात्मक काम मिल्ने योग रहेको छ। कार्य क्षेत्रमा खास व्यक्तिसँग भेटघाट हुन सक्नेछ। सोचेको काम पुरा गर्नमा निरन्तर लागिरहनु पर्ला। नजिकको सम्बन्धमा मजबूती आउनेछ। मनको कुरा बन्नका लागि समय राम्रो छ। तपाईको पैसा कतै अड्किन पनि सक्छ। अदालत तथा वादविवादमा फस्न सक्ने योग रहेको छ। आसपास वा सँगै काम गर्ने केही व्यक्तिसँग ठाकठुक पर्न सक्छ।
वृष राशिका व्यक्तिले के गर्ने के नगर्ने ?
नाभिमा परफ्युम लगाउनुहोस्। प्रेमि प्रेमिका वा जीवन साथीसँग कतै घुम्न जान सक्नुहुनेछ। भविष्यको सम्भौता तथा व्यापारमा हात नहाल्नुहोला। विद्यार्थीका लागि आजको दिन राम्रो रहला । सोचेको काम पुरा गर्नका लागि आज अरुको सहयोग पनि मिल्नेछ। खनपानमा ध्यान दिनुहोला। स्वास्थ्यमा समस्या नआउला भन्न सकिन्न।
https://nayapusta.com/2019/03/24/80223
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
