रबि लामिछानेले ठोके सलुट, को हुन् उनी ?(भिडियोसहित)

काठमाडौँ । अमेरिकामा लामो समय देखी बस्दै आउनु भएका समाजसेवी आँङ् कामी शेर्पा फेसबुक लाइवबाटै अहिले सम्म १२५ चेली हरुको उद्दार गर्न सफल हुनु भएको छ।

विदेशमा दुः ख पाएका नेपालीको सहयोगमा खट्दै आएका उनीसँग नेपालबाट मानव तस्करीमा लाग्नेको लामो सूची छ।

Advertisement

विदेशमा बसेर पनि सामाजिक सञ्जालको माध्यमबाट उनले गरेको यो मानवीय सेवालाई सिआइबी, सम्बन्धीत देशका दुतावासका कर्मचारीहरु र नेपालबाट दावा थोकर तामाङ, कलाकार नवीन खड्काबाट सहयोग पाइरहेको उनले बताए।

उनले अहिलेसम्म कुवेत, लेबनन, मलेसिया, ओमान र सिरियाबाट पीडितको उद्दार गर्दै आएका छन्। ‘भगवानको कृपाले मैले थालेको कार्यबाट सबैको सहयोगले धेरैको उद्दार गर्न पाएँ। पीडितहरुको उद्दारका लागि भविष्यमा सबैको सहयोगको आशा गरेको छु।’

आङकामी शेर्पा भन्नु हुन्छ, सामाजिक कार्यमा कामगर्नको निमित्त मलाइ प्रत्यक्ष, अप्रत्यक्ष रुपमा यसै सामाजिक संजाल फेसबुक र अन्य संजालहरु मार्फत म सग जोडिदै हरदम निरन्तर साथदिदै सहयोग गर्नुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा हृदय देखि धन्यवाद टक्र्याउन चान्छु।

सर्वप्रथम म अत्यान्तै विनम्रको साथ अनुरोध गर्न चाहन्छु जुन पैसाकै लागि आफ्ना चेलीबेटीहरुलाइ परदेशको भुमिमा बलिन्धारा आँसु, बगाउन र उहाहरुलाइ मृत्युको शिखार हुन बाध्यता पारीदिनेहरुलाइ कृपया कुनैपनी नेपाली दिदिबहिनीहरुलाइ दुस्ख, पिडामा पारीदिएर आफ्नो जिबिकोउपार्जन नगरीदिनुहोला। कुनैपनी दिदिबहिनीलाई गलत कृयाकलाप गर्नु भन्दा आफ्ना घरका दिदिबहिनी छोरीहरुको अनुहार हेर्नुहोला। नारीको संमान गर्न सिकौ सबै नेपालीहरुको सद्भाव जगाउ।

More News last news
Loading...