सुत्केरीको मृत्यु भएपछि सेती अञ्चल अस्पतालको अवस्था तनावग्रस्त

कैलाली । उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तहरुले सेती अञ्चल अस्पतालमा प्रदर्शन गरेका छन्। धनगढी उपमहानगरपालिका १२ जुगेडाकी २२ बर्षिया रेखा थापाको उपचारको क्रममा बिहीबार मृत्यु भएपछि अस्पताल पुगेका आफन्तहरुले नारावाजी गर्दै प्रदर्शन गरेका हुन्।

सुत्केरी व्यथा लागेपछि चैत ४ गते भर्ना भएकी थापाको शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि उनको पेट सुन्निएको मृतकका श्रीमान जय थापाले बताए। उनले उपचारमा संलग्न डाक्टरले दुई दिनसम्म ग्यास्ट्रिकको उपचार गरिरहे।

Advertisement

तर पेट सुन्निने समस्या कम नभएपछि उनलाई थप उपचारको लागि ७ गते बिहान कोहलपुर रेफर गरिएकोमा बाटोमा नै बिरामीको उनका श्रीमानले जानकारी दिए।

मृत्यु भएपिछ मृतकको शव आफन्तले बुझ्न मानेका छैनन्। डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले भने शव नबुझेका हुन्। मृतकका आफन्तले लापरबाही गर्ने डाक्टरलाई कारबाही गरिनुपर्ने माग राख्दै विहानैदेखि अस्पताल परिसरमा नाराबाजी गरेका छन्।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै व्यापक मात्रामा प्रहरी परिचालन गरिएको कैलालीका प्रहरी प्रमुख आभुषण तिम्सिनाले बताए। उनले मृतकका आफन्त र अस्पताल प्रशासनबीच अहिले वार्ता भइरहेको जानकारी दिए।

More News last news
Loading...