शिक्षक महतको शव त्रिवि शिक्षण अस्पतालमा अलपत्र

काठमाडौं । विद्यालयमै अज्ञात समुहले आक्रमण गरी घाइते भएका शिक्षक मोहन महतको शव शिक्षण अस्पतालमा अलपत्र परेको छ।

रामेछापको सुनापती गाउँपालिका–४ बेथानको डहुस्थित डहु माविका शिक्षकमाथि गत फागुन २१ गते अज्ञात समूहको आक्रमणमा परी घाइते भएका शिक्षक महतको उपचारको लागि काठमाडौंको शिक्षण अस्पतालमा ल्याइएको थियो।

Advertisement

बझाङ स्थायी ठेगाना भएका शिक्षक महतलाई गम्भिर चोट लागेको हुँदा उपचार सम्भव नभएपछि आइतबार राती मृत्यु भएको थियो। मृतकका आफन्तले दोषीलाई कार्बाही तथा राहतको व्यवस्था नभएसम्म शव नबुझ्ने अडान लिएपछि उनको शव अलपत्र परेको हो।

पीडित पक्षले शिक्षक महतको छोराहरुलाई पढाउन र परिवारलाई आर्थिक सहयोग गर्नुपर्ने अडान राखेका छन् भने विद्यालयले भने दाहसंस्कार खर्च मात्र उपलब्ध गराउन सक्ने अडान राखेपछि शिक्षक महतको शव पोष्टमार्टम गरेपछि पनि अस्पतालमै अलपत्र अवस्थामा परेको हो।

विद्यालय परिवारले भने शिक्षक महतको सम्पूर्ण उपचार खर्च विद्यालयले नै ब्यहोरेको तर राहत दिनसक्ने भने विद्यालयको आर्थिक श्रोत नभएका कारण दिन नसकेको विव्यस अध्यक्ष खड्ग बहादुर घिसिङले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन्।

More News last news
Loading...