विप्लवको कार्यकर्ता भन्दै प्रहरीद्वारा सर्वसाधारणमाथि निर्घात कुटपिट

पाँचथर । पाँचथरको फिदिममा विप्लवको कार्यकर्ता भन्दै स्थानीयवासि र ड्राइभरलाई प्रहरीले निर्घात कुटपिट गरेको छ।

फिदिम नगरपालिका वडा नं.१ बाट वडा नं. ११ नांगिन तर्फ चाउचाउ बोकेर जाँदै गरेको कञ्चनजङ्घा इन्टरप्राइजेजको गाडिको चालक र सहचालकलाई प्रहरीले कुटपिट गरेको हो।

Advertisement

पिपलबोटे उकालो बाटोमा प्रहरीले गाडि रोकेपछि गाडि मास्तिर तेर्सो बाटोमा रोक्दा प्रहरीले कुटपिट गरेको बताइएको छ। स्थानीय दिपक फुयेललाई पनि प्रहरीले कुटपिट गरेको छ। डिलरको गाडी हो विप्लवका कार्यकर्ता होइनन् भनेर सम्झाउदा फुयेललाइ पनि प्रहरीले कुटपिट गरेको पिडित बताउँछन्।

प्रहरी हवल्दार टिका बहादुर बस्नेतको नेतृत्वमा रहेको ३ जना प्रहरी भएर गाडिको चालक भिम वि.क. सह चालक जिवन लावर र स्थानीयवासि दिपक फुयेललाई घुडा टेकाएर ज्याकेट फुकालेर बन्दुक देखाउँदै कुटेको पीडितको भनाइ छ।

पीडितको शरिरका विभिन्न भागमा घाउ र निलडाम रहेको छ। स्थानीयवासिन्दाले घटनाको जानकारी जिल्ला प्रहरी कार्यालयमा दिएपछि पीडित र कुटपिट गर्ने प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानको लागि ल्याइएको छ। छानबिन गरि दोषीलाई कानुन बमोजिम कारबाही गरिने पाँचथर प्रहरीले जनाएको छ।

More News last news
Loading...