काठमाडौं । सामाजिक सञ्जालमा उत्तेजक अन्तर्वार्ता दिएको आरोपमा मोडल परी तामाङ पक्राउ परेकी छन्।
महानगरीय प्रहरी परिसर टेकुले तामाङ सहित उनको अन्तर्वार्ता लिएर सामाजिक सञ्जाल युट्युबमा राख्ने फूल्चोकी मिडिया ग्रुपका सञ्चालकलाई पनि पक्राउ गरेको छ।
सञ्चालक राजकुमार कुँवर र कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तानलाई पनि पक्राउ गरेको प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
