बुध्द एयरले भित्र्यायो नयाँ विमान, आन्तरिक तथा वाह्य उडान वृद्धि गर्ने

काठमाडौँ । बुध्द एयरले १२ औं जहाज एटिआर ७२-५०० भित्र्याएको छ। फ्रान्सको टुलुजस्थित एटिआर कम्पनीद्वारा निर्मित जहाज भित्र्याएको हो।

जहाज लिन बुध्द एयरबाट गत साता प्राविधिक टोली फ्रान्स गएको थियो। नाइन एन एएमवाई कलसाइन रहेको जहाज हिजो बेलुकी ८ः३० बजे त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको थियो।

Advertisement

कम्पनीसँग थपिएको जहाजसहित ७ वटा एटिआर ७२-५०० तीनवटा एटिआर ४२-३२० र दुईवटा बीचक्राफ्ट १९०० डी रहेको छ। नयाँ जहाजको रंगरोगन तथा प्राविधिक कार्यपश्चात अर्को महिनाबाट उडान भर्नेछ। थपिएको जहाजले नियमिति मर्मत सम्भार तथा उडान वृद्धि गर्न सहयोग पुर्याउने छ।

बुध्द एयर आगामी आगामी जेठ १३ बाट एटिआर ७२-५०० बाट भारतको कोलकोता पनि उडान भर्नेछ। भारतीय तथा नेपाली यात्रुको लागि हवाई टिकटसहित विभिन्न धार्मिक तथा पर्यटकीय प्याकेजको पनि व्यवस्था गरेको छ।

More News last news
Loading...