न्यूजिल्यान्ड आक्रमणमा बाङ्ग्लादेशी क्रिकेट खेलाडीहरू भाग्यले जोगिए

न्यूजिल्यान्ड । न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित मस्जिदमा बन्दुकधारीले डरलाग्दो आक्रमण गर्दा बाङ्ग्लादेशी क्रिकेट टोलीका सदस्यहरू नजिकै पुगेका थिए।

न्यूजिल्यान्ड भ्रमणमा रहेको टेस्ट क्रिकेटको टोलीका १७ खेलाडी शुक्रवार हुने साप्ताहिक प्रार्थना गर्न बस चढेर अल नूर मस्जिद जाँदै थिए। तर आक्रमण भएको सूचना पाएपछि उनीहरू भित्र छिरेनन् र जोगिए।

Advertisement

बाङ्ग्लादेशी क्रिकेट बोर्डले टोलीका सबै जना सुरक्षित रूपमा होटल फर्किएको र आफ्नो सम्पर्कमा रहेको जनाएको छ। ढाकाबाट बीबीसी संवाददाता अकबर हुसेन भन्छन्, नजिकै अभ्यास गरेर टोली मस्जिदमा जाँदै गर्दा उनीहरूलाई घटनाबारे चेतावनी दिइयो र उनीहरू नजिकैको बगैँचातिर भागे।

न्यूजिल्यान्डकी प्रधानमन्त्रीले आतङ्ककारी घटना भनेको सो आक्रमणमा परेर कम्तीमा ४९ जनाको ज्यान गइसकेको छ भने २० जनाभन्दा बढी व्यक्ति गम्भीर घाइते भएका छन्। तीमध्ये कम्तीमा तीन जना बाङ्ग्लादेशी मूलका भएका विवरणहरू प्राप्त भएका छन्।

न्यूजिल्यान्डका मस्जिदमा आतङ्ककारी आक्रमण हुँदा ४९ को मृत्यु
आक्रमणकारीहरूले तारो बनाएका अल नूर मस्जिदमा ४१ जना र लिनउड मस्जिदमा आठ जनाको मृत्यु भएको थियो।

बाङ्ग्लादेशी टोलीका प्रबन्धक खालिद मशुदका अनुसार मस्जिदमा आक्रमण हुँदा टोली डेढ सय फिट पर थियो। तीन वा चार मिनेट पहिला मस्जिद पुगेको भए आफूहरू पनि सो आक्रमणमा पर्ने र भाग्यले जोगिएको उनी बताउँछन्। हामीले आतङ्कको त्यस्तो क्षण कहिल्यै देखेका थिएनौँ।

सबै घटना आफूलाई चलचित्रको जस्तो लागेको बताउँदै उनी भन्छन्, कहीँ पनि त्यस्तो आक्रमण होला भन्ने हामीलई लागेको थिएन् हाम्रा १७ खेलाडी त्यहाँ थिए, दुई जना होटलमै बसेका थिए।

टोलीका सदस्य मुश्फिकर रहिमले सो घटनामा अल्लाहले आफूहरूलाई जोगाएका र आफूहरू एकदमै भाग्यमानी भएको ट्विटरमा लेखेका छन्। टोलीका केही सदस्यहरू पत्रकार सम्मेलनमा गएकाले सबै जना सँगैसँगै मस्जिद जान ढिलो भएको बताइएको छ। अन्यथा उनीहरू त्यतिबेला मस्जिदभित्र हुने थिए।

More News last news
Loading...